मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘कबड्डी ५’को छायाङ्कन सुरु

काठमाडौं। चलचित्र ‘कबड्डी–५’को छायांकन सुरु भएको छ। मुस्ताङबाट चलचित्रको छायांकन सुरु भएको हो। 

निर्देशक रामबाबु गुरुङले मंगलबारदेखि फिल्मको छायाङ्कन सुरु गरेका हुन्।  फिल्ममा ‘कबड्डी’ शृङ्खलाकै धेरैजसो कलाकार दोहोरिएका छन् भने नयाँ अनुहारको पनि प्रवेश भएको छ ।

चौथौँ शृङ्खलामा जोडी भएर काम गरेका दयाहाङ राई र मिरुना मगरसहित विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, शिशिर वाङ्गदेल लगायत कलाकार रहेका छन् । 

यसपटक शीर्ष कलाकारमा नायक–नायिका थप गरिएको छ । नायक विपीन कार्की र नायिकामा सिर्जना गुरुङको प्रवेश भएको हो । सिर्जना मिस यूके नेपाल २०१७ हुन् ।

‘कबड्डी’का यसअघिका चारवटा सिरिजले राम्रो कलेक्सन गरेका थिए । ‘कबड्डी–४ : फाइनल म्याच’पछि आउन लागेको ‘कबड्डी–५ : आफ्टर फाइनल म्याच’ले पनि राम्रो कलेक्सन गर्नेमा निर्माणपक्ष ढुक्क देखिएको छ । 

चलचित्र कहिले रिलिज हुनेछ भन्ने निर्माणपक्षले खुलाएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?