मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्र सोल्टिनीको नयाँ गीत ‘नौलाख तारा’ सार्वजनिक

काठमाडौं। भाइटीकाको दिन प्रदर्शन हुन लागेको चलचित्र ‘सोल्टिनी’ ले आफ्नो नयाँ गीत ‘नौ लाख तारा’ सार्वजनिक गरेको छ ।

गीतमा झुमा लिम्बू, सुनिता थेगिम र प्रशान्त शिवाकोटीको स्वर रहेको छ भने शब्द र सङ्गीत निर्देशन प्रशान्तकै रहेको छ ।

गीतमा प्रयोग गरिएका भिजुअल र तस्बिरले चलचित्रका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बूबिचको प्रेममा देखा परेका पारिवारिक तथा सामाजिक अड्चनलाई प्रस्तुत गरेको छ ।

चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन्। यसै गरी प्रकाश सपुत र परीक्षा लिम्बूका साथमा सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सनविक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?