मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तिहारमा सार्वजनिक हुँदै निर्देशक कृषा चौलागाईंको छोटो फिल्म ‘ऐना’

काठमाडौं। निर्देशक कृषा चौलागाईंले निर्देशन गरेको नयाँ छोटो चलचित्र ‘ऐना’ यो वर्षको तिहारमा सार्वजनिक हुने भएको छ।

निर्माण पक्षले फिल्मलाई युएनए डिजिटल युट्युब च्यानलमार्फत रिलिज गर्ने तयारी गरेको हो। केपी फिल्म्सको ब्यानरमा निर्माण गरिएको यस चलचित्रको मुख्य भाव “जीवनको प्रतिबिम्ब” रहेको निर्देशक चौलागाईंले बताइन्।

उनले भनिन्, “‘ऐना’ केवल दर्पण होइन, यो हाम्रो आत्मा र जीवनको कथा हो। प्रत्येक अनुहार र क्षणमा एउटा कथा लुकेको हुन्छ — यही नै यस चलचित्रको सार हो।”

चलचित्रले तिहारको उज्यालो, आत्मचिन्तन र माया–संबन्धका गहिरा भावनाहरूलाई कलात्मक ढङ्गमा प्रस्तुत गर्ने बताइएको छ। ‘ऐना’ ले दर्शकलाई आफ्नै जीवन र समाजको प्रतिबिम्ब देखाउने प्रयास गरेको निर्देशकको भनाइ छ।

यस छोटो चलचित्रमा भोलाराज सापकोटा र सरिता गिरीले मुख्य भूमिका निर्वाह गरेका छन्। उनीहरूको सशक्त र यथार्थपरक अभिनयले दर्शकको मन छुने निर्माण पक्षको विश्वास छ। चलचित्रको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन्।

केपी फिल्म्सको प्रस्तुतिमा तयार भएको ‘ऐना’लाई युएनए डिजिटलमार्फत विश्वव्यापी रूपमा प्रदर्शन गरिनेछ। निर्देशक चौलागाईं यसअघि ‘पिताम्बर’ र ‘ऐन्चो पैंचो’ जस्ता सफल फिल्म निर्देशन गरिसकेकी हुन्। फिल्म निर्देशनमा प्रवेश गर्नु अघि उनी निर्माताका रूपमा परिचित थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?