बर्दिया। बर्दियाको राजापुरमा छायांकन हुने नेपाली फिल्म ‘लालीबजार’ का लागि स्थानीय स्तरमा प्रतिभाशाली कलाकारहरूको खोजी सुरु भएको छ।
फिल्म निर्माण टोलीले अभिनयमा रुचि राख्ने र योग्यता भएका व्यक्तिहरूलाई अडिसनमा सहभागी हुन आह्वान गरेको हो। महिला कलाकारका लागि उमेर सीमा २२ देखि ६० वर्ष, पुरुषका लागि २० देखि ६० वर्ष र बाल कलाकारका लागि ७ देखि १७ वर्ष निर्धारण गरिएको छ।
आयोजकका अनुसार इच्छुक कलाकारहरूले आजै आवेदन दिन सक्नेछन्। आवेदनका लागि सम्पर्क विवरण यसप्रकार छन्:
📞 फोन: +९७७–९८२२६७८९४८
📧 इमेल: [email protected]
फिल्मको सुटिङ राजापुर रिभरसाइड होटेल एण्ड रिसोर्ट, राजापुर–३, टेडिया, बर्दियामा हुने बताइएको छ।
‘लालीबजार’ को पोस्टर र प्रचार सामग्री ट्राइडेन्ट कन्सेप्ट टिमले तयार गरेको हो। सार्वजनिक पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छिन्, जसले दर्शक र फिल्मकर्मीहरूबाट राम्रो प्रतिक्रिया पाएको छ।
निर्माण टोलीका अनुसार फिल्म आउँदो फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया