मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘मैझारो’को ‘साकेला नाचौ’ सार्वजनिक

काठमाडौँ। दशैंको पूर्णिमाको अवसरमा बहुप्रतिक्षित नेपाली फिल्म ‘मैझारो’को दोस्रो गीत ‘साकेला नाचौ’ सार्वजनिक गरिएको छ।

राजेशपायल राई र मेलिना राईको स्वर रहेको यो गीतमा शब्द रचना पदम साधना कुलुङको रहेको छ भने संगीत तोरेम्पाहाङ राईले भरेका छन् ।

गीतमा दुई जोडी कलाकारले नाचेका छन्। दयाहाङ राई, दिया पुन, धिरज मगर र मिरुना मगर छन्।

नेपालको पूर्वी जिल्लामा रहेका राई समुदायले आफ्नो पर्वको रुपमा साकेला नाच राख्दै आएका छन् । किराँतहरूको धान रोप्ने र बाली भित्र्याउने पर्वका रूपमा साकेला मनाउने गरिन्छ ।

‘तक्मे प्रोडक्सन’को ब्यानरमा बनेको फिल्मको निर्देशन विल्सन विक्रम राई (तक्मे बुढा)ले गरेका हुन्। यसमा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, कविता आलेलगायत कलाकारको अभिनय रहेको छ।

फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत, छायांकन सौरभ लामा, वितरण आरआर फिल्म्स र डिजिटल अधिकार ओएसआरले लिएको छ।

‘मैझारो’ आगामी कात्तिक ७ गतेबाट अल नेपाल प्रदर्शनमा आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?