काठमाडौँ। फिल्म ‘माइतीघर’ को गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ मा आयोजना गरिएको भिडियो प्रतियोगितामा बुटवलका सुरज सिञ्जाली मगर र नाश्री डान्स एकेडेमी (कालिकानगर, बुटवल) का बालिकाहरू संयुक्त विजेता बनेका छन्।
निर्माण पक्षले दुवै प्रतियोगी समूहको अंक बराबर आएकाले संयुक्त विजेता घोषणा गरिएको जनाएको छ। विजेताका लागि टिमले पाँच लाख रुपैयाँ नगद पुरस्कार घोषणा गरेको थियो। दुई समूह विजेता घोषणापछि टिमले पुरस्कार रकम आधारआधा गर्ने भएको छ। दुवैले दुई लाख ५० हजार पाउनेछन्।
निर्णायक कविराज गहतराजले विजेता चयन गरेका हुन्। फिल्मका निर्माता रोहित अधिकारीले प्रतियोगिता निकै प्रतिस्पर्धात्मक भएको बताए।
मिलन तामाङको निर्देशनमा बनेको ‘माइतीघर’ असोज १३ देखि देशभर प्रदर्शन भइरहेको छ। चलचित्रमा केदारप्रसाद घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ र शिशिर वाङ्देलको अभिनय रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया