मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेता अरबाज र शूरालाई पुत्री लाभ

नयाँ दिल्ली। बलिउड अभिनेता अरबाज खान र उनकी श्रीमती शूरा खानलाई पुत्री लाभ भएको छ।

शूराले मुम्बईस्थित पी.डी. हिन्दुजा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्। ५८ वर्षका अरबाज दोस्रो पटक बुबा बनेका छन्।

अरबाजले यसअघि अभिनेत्री मलाइका अरोरासँग विवाह गरेका थिए, जसबाट सन् २००२ मा छोरा अरहानको जन्म भएको थियो। दुवैबीच सन् २०१७ मा सम्बन्धविच्छेद भएको थियो।

केही समय प्रेम सम्बन्धमा रहेपछि अरबाज र शूराले २४ डिसेम्बर २०२३ मा अर्पिता खान शर्माको घरमा निजी समारोहमा विवाह गरेका थिए। उनीहरूको पहिलो भेट अभिनेत्री रवीना टण्डनको फिल्म “पटना शुक्ला” को सेटमा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?