मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विधान श्रेष्ठको नयाँ गीत ‘प्रीति कथा’ सार्वजनिक

काठमाडौं। गायक विधान श्रेष्ठले नयाँ गीत ‘प्रीति कथा’ सार्वजनिक गरेका छन्। म्युजिक नेपालको यूट्युब च्यानलमार्फत सार्वजनिक गीतमा शब्द र संगीत स्वयं श्रेष्ठकै रहेको छ।

गीतको संगीत संयोजन अमुल कार्की ढलीले गरेका हुन् भने नकुल कार्कीले रेकर्ड र अनिल अधिकारीले मिक्सिङ–मास्टरिङ गरेका छन्।

भिडियोमा विजय कार्की र सोफी धरेलले अभिनय गरेका छन्। विशाल थापाले छायांकन गरेको भिडियोको सम्पादन र रंग संयोजन आई क्याच स्टुडियोले गरेको हो। निर्देशन विभोर पोखरेल र सहायक निर्देशन विक्रम तामाङको रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?