काठमाडौं। अहिले हरेक घर–घरमा कटहरको तरकारी पाक्ने मौसम छ। कतै फलको रूपमा मीठो मानिन्छ भने कतै परिकारका रूपमा। स्वादिलो मात्र होइन, कटहरमा फाइबर, पोटासियम, आइरन, क्याल्सियम, जिंक, भिटामिन–ए र भिटामिन–सी जस्ता पोषक तत्त्व प्रशस्त पाइन्छन्। यी तत्वहरूले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने, रगत शुद्ध गर्ने र ऊर्जा प्रदान गर्ने काम गर्छन्।
तर, सबै फाइदा त्यतिबेला मात्र सम्भव हुन्छ जब यसलाई सही तरिकाले खाने गरिन्छ। आयुर्वेदका अनुसार, कटहरसँग केही खानेकुरा मिसाएर खाँदा शरीरमा विषाक्त असर (टक्सिन प्रभाव) हुन सक्छ। यस्तो खाने संयोजनलाई “विजातीय आहार” वा “विरुद्ध आहार” भनिन्छ।
कटहरसँग यी खानेकुरा मिसाएर नखानुहोस्
दूध
कटहर तातो स्वभावको हुन्छ भने दूध चिसो र मधुरसयुक्त। यी दुईको गुणधर्म एकअर्काको विपरीत (विरुद्ध) भएकाले सँगै खाँदा शरीरमा विषाक्त प्रतिक्रिया दिन सक्छ। यसले एलर्जी, छालामा दाग, र पाचनसम्बन्धी समस्या ल्याउन सक्छ।
मेवा (पपया)
कटहर खाएपछि तुरुन्तै मेवा खानु हानिकारक हुन्छ। दुबैमा तातो गुण भएकाले शरीर सुन्निने, छालामा र्यास आउन वा एलर्जी बढ्ने सम्भावना रहन्छ।
पान
धेरैलाई खाना खाएपछि पान खाने बानी हुन्छ। तर कटहर खाएपछि तुरुन्तै पान नखानुहोस्। पानका तत्वले कटहरमा रहेको स्टार्च र सुगरसँग प्रतिक्रिया गरेर पेट दुख्ने, बान्ता वा ग्यास उत्पन्न गर्न सक्छ।
मह
मह र कटहर मिसाएर खानु पनि विषाक्त संयोजन मानिन्छ। यी दुबैको रासायनिक गुण नमिल्ने भएकाले शरीरमा एलर्जी र सूजन ल्याउन सक्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया