मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अविरल वर्षाबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो, ११ बेपत्ता

काठमाडौँ।  अविरल वर्षाका कारण असोज १८ र १९ गते आएको बाढी तथा पहिरोका कारण देशभर मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

बाढी, पहिरो, चट्याङ र सडक दुर्घटनासहितका विपद्का घटनाबाट हालसम्म ४९ जनाले ज्यान गुमाएका हुन् भने ११ जना बेपत्ता र १७ जना घाइते भएका छन् ।

यसपालीको वर्षाले सबैभन्दा बढी क्षति इलाममा भएको छ, जहाँ बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु भएको छ । निरन्तर वर्षापछिको पहिरोमा परि इलाममा मात्रै ५ जना बेपत्ता भएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ।

त्यस्तै उदयपुरमा बाढी तथा पहिरोले २ जनाको मृत्यु र १ जना घाइते भएका छन्। खोटाङमा चट्याङका कारण १ जनाको मृत्यु र ३ जना घाइते भएका छन्। त्यस्तै भोजपुरमा पनि चट्याङबाट २ जना घाइते भएका छन्। पाँचथरमा सडक दुर्घटनामा ६ जनाले ज्यान गुमाए भने ६ जना घाइतेको उपचार भइरहेको छ ।

मधेश प्रदेशमा पनि क्षति पुगेको छ। रौतहटमा चट्याङबाट ३ जनाको मृत्यु भएको छ भने बारामा खोलाले बगाएर एक जना बेपत्ता भएका छन्।

बागमती प्रदेशको काठमाडौं १ जना घाइते भएको छ। ललितपुरको गोदावरी नगरपालिका १४ थैवमा पर्खाल भाँसिदा ३ जना घाइते भएका छन् भने मकवानपुरमा चट्याङबाट एक जना घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?