मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

न्युयोर्क विमानस्थलमा दुई विमान ठोक्कियो

न्युयोर्क- अमेरिकाको न्युयोर्क विमानस्थलमा पार्किङको समय दुई विमान आपसमा ठोक्किदा एउटा प्लेनको अगाडिको भाग नराम्रोसँग कुच्चिएको छ भने अर्कोको पंखा ।

न्युज रिपोर्टका अनुसार दुर्घटना त्यतिबेला भएको थियो, जब डेल्टा एयरलाइन्सको एउटा विमान गेटतर्फ अगाडि बढिरहेको थियो भने यही बेल एयरलाइन्सको अर्को विमान पनि गेटतर्फ आयो ।

घटनामा एक जना व्यक्तिलाई चोट लागेको बताइएको छ । घाइतेलाई बिहीबार नै उपचारका लागि अस्पताल लगिएको थियो ।

घटनाको भिडियो भाइरल भएको छ । जसमा एउटा विमानको पंखा पुरै गायब देखिएको छ भने अर्कोको अगाडिको भाग नराम्रोसँग कुच्चिएको अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?