मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरोपियन युरो, स्विस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन, कतारी रियालको भाउ थोरै घट्दा युके पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, सिङ्गापुर डलर, जापानी येनको भने बढेको छ।

जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ। यस्तै आज युरोपियन युरो १ को खरिददर १६६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९० पैसा, यूके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ९५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।

यस्तै आज स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ५० पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा कायम गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७० पैसा र बिक्रीदर ९४ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०२ रुपैयाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३६ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?