मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा नेपाल १० विकेटले पराजित

काठमाडौं। वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय २३ रनको लक्ष्य वेस्ट इन्डिजले १२ ओभर २ बलमा कुनै विकेट नगुमाइ भेट्टायो ।

वेस्ट इन्डिजका लागि आमिर जाङ्गुले सर्वाधिक ७४ रन बनाए । ४५ बलको सामना गरेका उनले ५ चौका र ६ छक्का प्रहार गरे । वेस्ट इन्डिजका अर्का ओपनर अकिम अगिस्टले २९ बलमा ४१ रन जोडे ।

यसअघि यूएईको शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले इनिङ्ग्स सकिनु एक बल अगावै सबै विकेट गुमाएर १ सय २२ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ३९ रन बनाउनुबाहेक अन्यले प्रभावशाली प्रदर्शन गर्न सकेनन् । भुर्तेलले २९ बलमा दुई चौका र तीन छक्का प्रहार गरे ।

नेपालले एक खेल अगावै सिरिजको उपाधि जितिसकेको छ । दोस्रो खेलमा नेपाल ९० रन र पहिलो खेलमा पनि १९ रनले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?