काठमाडौं। मंसिर १२ देखि प्रदर्शनमा आउने फिल्म हर्षको नयाँ गीत ‘सिट्ठी मार’ सार्वजनिक भएको छ।
एलिस कार्कीको संगीत, प्रताप दास र सदीक्षा कट्टेलको स्वर र पवित्रा घिमिरेको शब्दमा तयार गीतको नृत्य निर्देशन सुनिल क्षेत्रीले गरेका हुन्।
गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, शर्मिला मल्ललगायतका कलाकार फिचर्ड छन्।
एकता पौडेल निर्देशित फिल्मलाई प्रसन्न पौडेल र विकास पौडेलले निर्माण गरेका हुन्। फिल्मको वितरण काफिया फिल्मस्ले गर्नेछ भने डिजिटल अधिकार बुढासुब्बा डिजिटलले लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया