मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्र ‘ऊनको स्वीटर’ अब ओटीटीमा उपलब्ध

काठमाडौं। समीक्षात्मक र व्यावसायिक रूपमा सफल नेपाली चलचित्र ‘ऊनको स्वीटर’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियो मार्फत विश्वभर हेर्न सकिने भएको छ।

गएको वैशाख २६ गतेदेखि देशभरका करिब ४० वटा सिनेमा हलमा प्रदर्शनमा आएको उक्त चलचित्रले १२ करोडभन्दा बढीको बक्स अफिस व्यापार गर्न सफल भएको थियो। अब दर्शकहरूले मोबाइल, टेलिभिजन वा कम्प्युटरको माध्यमबाट घरमै बसेर चलचित्रको आनन्द लिन सक्नेछन्।

आर्टमान्डूको ब्यानरमा निर्माण भएको ‘ऊनको स्वीटर’ नेपाली समाजको यथार्थ कथा, सशक्त अभिनय र उत्कृष्ट सङ्गीतका कारण दर्शकमाझ लोकप्रिय बन्न सफल भएको थियो। चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन्।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ। यसका गीतहरू सुजन चापागाईँले निर्देशन गरेका हुन् भने सङ्गीत कोविद बज्रले तयार पारेका हुन्।

लगातार ५१ दिनसम्म हलमा प्रदर्शन भएको ‘ऊनको स्वीटर’ले मिडिया समीक्षक र दर्शक दुवैबाट उच्च प्रशंसा पाएको थियो। चलचित्रको ओटीटी रिलिजले देश तथा विदेशमा रहेका नेपाली दर्शकहरूलाई थप सहज पहुँच पुर्‍याउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?