काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानको निर्देशनमा बनेको पहिलो सिरिज ‘ब्याड्स अफ बलिउड’ बिहीबार दिउँसो १ बजेबाट नेटफ्लिक्समा स्ट्रीमिङ भएको छ।

आर्यनको डेब्यु निर्देशन भएकाले सिरिजप्रति ठूलो चासो रहँदै आएको थियो। यसै सन्दर्भमा, सिरिजको रिलिज अघिल्लो साँझ बुधबार बेलुका मुम्बईमा ग्रान्ड प्रिमियर आयोजना गरिएको थियो। नीता मुकेश अम्बानी कल्चरल सेन्टरमा भएको कार्यक्रममा बलिउडका प्रतिष्ठित कलाकारहरूको बाक्लो उपस्थिति देखियो।

प्रिमियरमा शाहरुख खान आफैं सहभागी थिए भने उनलाई साथ दिन आएका थिए अजय देवगण, करण जोहर, रणवीर कपूर, आलिया भट्ट, जावेद अख्तर, सुभाष घई, फरहान अख्तर, सुहाना खान लगायत अन्य चर्चित हस्तीहरू।

सिरिजमा आर्यनको कथानक दृष्टिकोण, बलिउडको आन्तरिक यथार्थ र अज्ञात पक्षहरूलाई उजागर गरिएको बताइएको छ। साथै, चर्चामा रहेकी आर्यनकी प्रेमिका भनिएकी मोडल लारिसा बोनेसी पनि प्रिमियरमा सहभागी भइन्।





