मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

छाला रोगहरूलाई डब्ल्यूएचओले गम्भीर रोग मानेपछि सनस्क्रिन र मोइस्चराइजर ‘आवश्यक औषधि’ मा सूचीकृत

काठमाडौं । बदलिँदो जीवनशैली र मौसमसँगै बढिरहेका छालासम्बन्धी समस्याहरूलाई अब सामान्य समस्या भनेर बेवास्ता गर्न मिल्ने छैन। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ ) ले छालासम्बन्धी रोगहरूलाई गम्भीर रोगको रूपमा वर्गीकृत गर्दै सनस्क्रिन र मोइस्चराइजरलाई ‘आवश्यक औषधि’ को सूचीमा समावेश गरेको छ।

डब्ल्यूएचओको यो निर्णयले छाला रोगबाट पीडित लाखौं मानिसहरूका लागि राहत ल्याउने विश्वास गरिएको छ। अब यी उत्पादनहरूलाई केवल सौन्दर्य सामग्रीको रूपमा होइन, औपचारिक औषधिको रूपमा प्रयोग गरिनेछ — विशेषगरी अल्बिनिज्म, एटोपिक डर्मेटाइटिस र सोरायसिस जस्ता गम्भीर छालारोगहरूका उपचारका लागि।

छालारोग अब ‘सामान्य समस्या’ होइन

छालासम्बन्धी रोगहरूलाई धेरैजसो मानिसहरूले सतही रूपमा लिने गरे तापनि, केही अवस्था यस्ता हुन्छन् जसले दीर्घकालीन पीडा, मानसिक तनाव र सामाजिक बहिष्कारसम्म निम्त्याउँछन्। डब्ल्यूएचओका अनुसार, सोरायसिस, एक्जिमा, भिटिलिगो, एलोपेसिया एरियाटा र मेलानोमा (छालाको क्यान्सर) जस्ता रोगहरू समयमै उपचार नगरे घातक हुन सक्छन्।

विशेषज्ञहरूका अनुसार, यदि यस्ता रोगहरू प्रारम्भिक रूपमा पहिचान गरियो र उपचारमा आवश्यक सामग्री सरल ढंगले उपलब्ध भए, भने लाखौं मानिसहरूको जीवनस्तरमा उल्लेखनीय सुधार आउन सक्छ।

डब्ल्यूएचओको ‘Essential Medicines List’ मा समावेश भएपछि अब सरकारहरूलाई यी उत्पादनहरूलाई सार्वजनिक स्वास्थ्य सेवामार्फत उपलब्ध गराउने कानुनी आधार मिलेको छ। यसले विशेष गरी विकासशील देशहरूमा बसोबास गर्ने गरिब तथा मध्यम वर्गका नागरिकहरूलाई राहत मिलाउनेछ।

ग्लोबल स्किन संस्थाकी सीईओ जेनिफर अस्टिनले भनिन्, “डब्ल्यूएचओको यो कदम उपचारको पहुँच, औषधिको लागत र छालारोगबारे जनचेतनामा उल्लेखनीय प्रभाव पार्नेछ।”

विश्वव्यापी कार्ययोजना अघि बढ्दै

डब्ल्यूएचओले आगामी वर्षदेखि ‘Global Skin Health Strategy’ लागू गर्ने तयारी गरिरहेको छ। यस योजनामार्फत जनचेतना अभिवृद्धि, रोगको समयमै पहिचान, सरल उपचार प्रविधि र किफायती औषधिको पहुँच सुनिश्चित गरिनेछ। यो रणनीति कार्यान्वयनमा आएपछि स्वास्थ्य सेवा प्रणालीले छालासम्बन्धी रोगलाई प्राथमिकतामा राख्ने आशा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?