मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘आन्टी लभर’ नेपाल युट्युब चार्ट्सको शीर्ष स्थानमा

काठमाडौं। आशिष अविरल र कला लम्सालको स्वरमा रहेको गीत ‘आन्टी लभर’ नेपाल युट्युब चार्ट्सको शीर्ष स्थानमा पुगेको छ। पछिल्लो २८ दिनको तथ्यांक अनुसार, यस गीतले दुर्गेश थापाको चर्चित गीत *‘दुश्मन हेरेको हेर्‍यै’लाई पछि पारेको हो।

रमेश परियारको संगीत रहेको ‘आन्टी लभर’को युट्युबमा १ करोड १२ लाख भ्युज पुगेको छ। यद्यपि, भ्युजभन्दा पनि उच्च इन्गेजमेन्ट (टिकटक, रिल्स, लाइक, कमेन्ट) का कारण यसले शीर्षस्थानमा स्थान बनाएको हो। हाल यो गीत टिकटक र सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ। गीतमाथि हजारौं रिल्स र भिडियोहरू निर्माण भएका छन्।

चार्ट्सको तेस्रो स्थानमा पनि दुर्गेश थापाकै ‘जाने भए जाम माया’ रहेको छ। युट्युब चार्ट्सले पछिल्लो २८ दिनको नेपाल लोकेसनभित्रको दर्शकसंख्या आधारमा सूची तयार गर्छ। पछिल्लो ३६५ दिनको चार्टमा भने शीर्षस्थानमा ‘दुश्मन हेरेको हेर्‍यै’ र दोस्रो स्थानमा ‘रुकुम मैकोट’ रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?