मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ अब फूलपातीमा रिलिज हुने

काठमाडौं। नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आगामी असोज १३ गते फूलपातीको दिन देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण कम्पनी सेभेन सिज नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै चलचित्रको नयाँ रिलिज मिति घोषणा गरेको हो।

यसअघि चलचित्र भदौ २७ गते प्रदर्शनमा आउने तय भएको थियो। तर देशको राजनीतिक तथा सामाजिक परिस्थितिलाई ध्यानमा राख्दै प्रदर्शन मिति स्थगन गरिएको थियो। कम्पनीले भनेको छ, “देशमा भएको आमूल परिवर्तनलाई सकारात्मक दृष्टिले लिएर चलचित्र उद्योगलाई गतिशील बनाउने उद्देश्यका साथ नयाँ मिति तय गरिएको हो।”

चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ नेपाली भाषामा असोज १३ गते नेपालमा र अन्य देशहरूमा एकसाथ प्रदर्शन हुनेछ। हिन्दी संस्करण भने असोज १७ गते भारत र अन्य मुलुकहरूमा प्रदर्शनमा आउनेछ।

चलचित्रका निर्माता विनोद पौडेलले भने, “भदौ २७ गते नै रिलिज हुने भनेर प्रचार गरिएकोले धेरै बजेट प्रचारप्रसारमा लगानी भइसकेको छ। लामो समय दर्शकलाई होल्ड गर्न सम्भव थिएन। त्यसैले हामी सोचविचार गरेर फूलपातीमा रिलिज गर्ने निर्णयमा पुगेका हौं।”

उनले थपे, “हामी सोलो रिलिजको मौका भदौ २७ मा पाएका थियौं। तर परिस्थितिले हामीलाई पछाडि सर्न बाध्य बनायो। हामी कसैसँग जुध्न चाहँदैनौं, तर फिल्म धेरै पर सार्ने अवस्था पनि थिएन।”

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्।

चलचित्रको निर्देशन सुशान्त गौतमले गरेका हुन् भने क्रिएटिभ निर्देशकमा मदन थापा रहेका छन्। चलचित्रको लेखन मुकेश खनालले गरेका हुन्। निर्माता विनोद पौडेल र गुञ्जन गिरी रहेको चलचित्रमा सह-निर्माताको रूपमा रमेश चौलागाईं र हरि श्रेष्ठ छन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल, र सन्देश श्रेष्ठ रहेका छन्।

प्राविधिक पक्षमा डिओपी शरद महतो, सम्पादन मदन घिमिरे, रंग संयोजन जुनिम गहतराज, र VFX मनोज श्रेष्ठको रहेको छ। लाइन प्रोड्युसरमा जीवन शाक्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?