मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चीनले मोहनलालको ‘दृश्यम’ नक्कल गरी बनाएको फिल्मले कमायो १७५९ करोड!

काठमाडौं । साउथ सुपरस्टार मोहनलाल अभिनीत सुपरहिट फिल्म दृश्यम ले भारतमा मात्र होइन, विश्वभर चर्चा कमाएको थियो। तर थोरैलाई मात्र थाहा छ, यही फिल्मलाई चीनले सिधै नक्कल गरेर बनायो, र त्यो प्रतिलिपि फिल्मले चकित पार्ने गरी १७५९ करोड रुपैयाँ कमाइ गर्‍यो।

सन् २०१३ मा रिलिज भएको मलयालम फिल्म दृश्यम लाई निर्देशक जितु जोसेफ ले निर्देशन गरेका थिए। मोहनलाल, मीना, अन्सिबा हसन, एस्थर अनिल लगायतका कलाकारहरूले अभिनय गरेको यस फिल्मले अपराध, परिवार, माया र बुद्धिमत्ताको कथा प्रस्तुत गर्दै दर्शकको मन जितेको थियो। ३–५ करोडको बजेटमा बनेको फिल्मले विश्वभर ६२ करोड रुपैयाँभन्दा बढी कमाएको थियो।

चीनमा यो फिल्मलाई Sheep Without a Shepherd नामक सिनेमाको रूपमा प्रतिलिपि (scene-by-scene copy) गरिएको थियो। चेन सिचेङ निर्देशित उक्त फिल्ममा जिओ याङ, तान झुओ, जोन चेन जस्ता कलाकारहरू थिए।

यो फिल्म १३ डिसेम्बर २०१९ मा चीनमा रिलिज भएको थियो र रिलिजसँगै बक्स अफिसमा धमाका मच्चायो। रिपोर्टअनुसार, Sheep Without a Shepherd ले विश्वव्यापी रूपमा १९० मिलियन अमेरिकी डलर (अर्थात् करिब १७५९ करोड रुपैयाँ) कमाएको छ। यो रकमले चिनियाँ बक्स अफिसमा सस्पेन्स–थ्रिलर विधामा एक नयाँ मापदण्ड बनाएको थियो।

दृश्यम को हिन्दी रिमेक पनि निकै सफल भयो। अजय देवगन अभिनीत Drishyam (२०१५) र Drishyam 2 (२०२२) ले पनि बक्स अफिसमा राम्रो कमाइ गरे। दर्शकले पनि यसलाई अत्यधिक मन पराए। अब यसको तेस्रो भाग निर्माणको तयारी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?