मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार

जोयनेपाल
0
Shares
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाइ तथा शुभकामना काठमाडौँ, २७ भदौः राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ तथा शुभकामना दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गरेकी छन् ।

राष्ट्रपतिले यही २७ भदौ शुक्रबार रातको ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गरेको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको छ । २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिमा आएको परिवर्तनसँगै आफ्नो कार्यकाल पूरा नगरी विघटन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?