मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डिमेन्सियाले अष्ट्रेलियाली समाजमा गहिरो असर, महिलामा बढी प्रभाव

काठमाडौं । अष्ट्रेलियामा ‘डिमेन्सिया’ रोगले ग्रसित हुने व्यक्तिहरूको संख्या आगामी दशकहरूमा तीव्र रूपमा बढ्ने देखिएको छ। सरकारले सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार २०६५ सम्म करिब १ करोड १० लाख मानिस डिमेन्सियाबाट प्रभावित हुने अनुमान गरिएको छ।

अष्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले अद्यावधिक गरेको “डिमेन्सिया इन अष्ट्रेलिया” प्रतिवेदनअनुसार हाल करिब ४ लाख २५ हजार मानिस डिमेन्सियाबाट ग्रसित छन्, जसमा महिलाको संख्या पुरुषभन्दा उल्लेख्य रूपमा बढी छ।

२०२४ मा २ लाख ६६ हजार महिला र १ लाख ५९ हजार पुरुष डिमेन्सियाग्रस्त रहेको तथ्याङ्क छ। यो संख्या बढ्दै २०६५ सम्म महिलामा ६ लाख ६२ हजार र पुरुषमा ३ लाख ९० हजार पुग्ने अनुमान गरिएको छ।

डिमेन्सिया अष्ट्रेलियामा २०२३ को मृत्युको प्रमुख कारण बनेको थियो। सो वर्ष करिब १७ हजार ४०० जनाको मृत्यु डिमेन्सियाका कारण भएको र तीमध्ये १० हजार ९०० महिला र ६ हजार ५०० पुरुष रहेको प्रतिवेदनमा उल्लेख छ।

यस रोगमा अल्जाइमर, भास्कुलर डिमेन्सिया, लेवी बडी डिमेन्सिया र अन्य प्रकारहरू समावेश हुन्छन्। डिमेन्सिया भनेको स्मरण शक्ति, सोच्ने क्षमता, निर्णय गर्ने क्षमता र व्यवहारमा समस्या ल्याउने मानसिक अवस्था हो, जसले व्यक्तिको दैनिक जीवनमा प्रत्यक्ष असर गर्छ।

डिमेन्सिया अष्ट्रेलियाका सीईओ तान्या बुकेननले भनिन्, “यो प्रतिवेदनले डिमेन्सियाले अष्ट्रेलियाली परिवारहरूमा पार्ने गहिरो प्रभावलाई प्रष्ट देखाएको छ।”

प्रतिवेदनले डिमेन्सिया प्रभावित परिवारका हेरचाहकर्ताहरूको योगदानलाई अत्यन्त महत्त्वपूर्ण देखाएको छ। सन् २०२२ मा मात्रै ४२ प्रतिशत प्राथमिक हेरचाहकर्ताले हप्तामा कम्तीमा ६० घण्टा रोगीको हेरचाहमा खर्च गरेको तथ्यांक समावेश छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?