काठमाडौँ- जेनजी आन्दोलनका कारण देशभरका अधिकांश मल्टिप्लेक्स हलहरू अनिश्चितकालका लागि बन्द भएका छन्।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्ससहित आईएनआई, विग मुभिज, वान सिनेमाज लगायतले बिहीबार जारी गरेको सूचनामा हलहरू अर्को सूचना नआएसम्म बन्द रहने निर्णय गरिएको जनाइएको छ। आन्दोलनपश्चात उत्पन्न परिस्थितिका कारण यस्तो निर्णय लिइएको बताइएको छ।
साथै, असुविधा लागि माफी माग्दै सबै दर्शकलाई सुरक्षित रहन आग्रह गरिएको छ। खरिद गरेका टिकटहरू हल पुनः सञ्चालन भएपछि पूर्ण रूपमा फिर्ता गरिने पनि सूचनामा उल्लेख छ। मंगलबारदेखि अधिकांश सिनेमा हलहरू बन्द रहेको जानकारी दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया