मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

देशको सम्पत्तिमा भएको क्षतिले सारा नेपालीको मन रोएको : हरिवंश आचार्य

काठमाडौं। वरिष्ठ कलाकार हरिवंश आचार्यले जेन–जी आन्दोलनका क्रममा भएको सम्पदा र जनधनको क्षतिप्रति गम्भीर दुःख व्यक्त गरेका छन्।

बुधबार फेसबुकमार्फत् आफ्नो भाव व्यक्त गर्दै उनले लेखेका छन्, “देशको अमूल्य सम्पदा र सम्पत्तिमा भएको क्षतिले सारा नेपालीको मन रोएको छ। त्यो सम्पत्ति कुनै भ्रष्टाचारीको थिएन, सारा नेपाली जनताको हो।”

आचार्यका अनुसार, संक्रमणकालीन अवस्थामा बुद्धिमानी, धैर्यता र संयमित भएर अघि बढ्नु आवश्यक छ। उनले जोड दिए, “नेपाली जनताको चाहना भ्रष्टाचारको जरा उखाल्नु हो। जेन–जी आन्दोलनले भविष्यमा पनि कसैले त्यस प्रकारको दुस्प्रयास नगर्ने सुनिश्चित गरेको छ।”

उनले देशको उज्वल भविष्य निर्माणका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्नेमा पनि जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?