मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौं घुमफिरमा रहेकी बलिउड अभिनेत्री मौनी रोय गरिन् पशुपतिनाथको दर्शन

चर्चित बलिउड अभिनेत्री मौनी रोय हाल काठमाडौं भ्रमणमा रहेकी छन्। धार्मिक प्रकृतिको देखिएको उक्त भ्रमणका क्रममा उनले आइतबार पशुपतिनाथ मन्दिरको दर्शन गरेकी हुन्।

सो अवसरमा उनले मन्दिर परिसरमा खिचिएको केही तस्बिरहरू सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी छन्। तस्बिरसँगै मौनीले लेखेकी छन्, “पशुपतिनाथ — न सम्मानको मोह, न अपमानको भय।” उनले चौथो ज्योतिर्लिङ्गको दर्शन भएको भन्दै आत्मिक सन्तुष्टि व्यक्त गरेकी छन्।

मन्दिर दर्शनको क्रममा हल्का पहेँलो रंगको कुर्ता लगाएकी मौनी सरल र आकर्षक देखिएकी थिइन्। उनी केही सहयोगीसहित काठमाडौं आइपुगेकी हुन्।

धार्मिक कार्यक्रमहरूमा सक्रिय रुपमा सहभागी हुँदै आएकी मौनी रोयले भारतमा पनि विभिन्न तीर्थस्थलको भ्रमण गर्दै आएकी छन्। पशुपति मन्दिरको भ्रमणलाई लिएर भारतीय र नेपाली सामाजिक सञ्जाल प्रयोगकर्तामाझ चर्चा भएको छ।

मौनी रोयले सन् २००६ मा चर्चित टेलिभिजन शो ‘क्यूँ कि सास भी कभी बहु थी’ मार्फत् अभिनय यात्रा सुरु गरेकी थिइन्। त्यसपछि ‘देवों के देव–महादेव’ मा सतिदेवीको भूमिका निभाउँदै उनले व्यापक लोकप्रियता कमाएकी थिइन्। सन् २०१५ देखि २०१८ सम्म प्रसारण भएको सुपरहिट टिभी शो ‘नागिन’ बाट उनी भारतभर चर्चित भइन्।

सन् २०१८ मा रिलिज भएको अक्षय कुमार अभिनीत चलचित्र ‘गोल्ड’ बाट मौनीले बलिउड डेब्यू गरेकी हुन्। त्यसपछि सन् २०२२ मा रिलिज भएको ‘ब्रह्मास्त्र : पार्ट वन’ मा उनले जुनूनको भूमिका निर्वाह गरेकी थिइन्।

नृत्यमा पनि दक्ष मौनी प्रशिक्षित कत्थक नृत्याङ्गना हुन्। अभिनय र नृत्यमा सक्रिय रहँदै आएकी उनले समय–समयमा योग, ध्यान र आध्यात्मिक यात्रासँग सम्बन्धित गतिविधिमा पनि सहभागिता जनाउने गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?