मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जेनजी पुस्ताले भोली भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने

काठमाडौँ – भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द, वंशवाद, बेरोजगारी र नागरिक अधिकार हननविरुद्ध जेनजी (Generation Z) पुस्ताले भदौ २३ गते बिहान ११ बजे माइतीघर मण्डलमा प्रदर्शन गर्ने तयारी गरेका छन्।

प्रदर्शनमा सहभागीहरूलाई विद्यार्थी पोशाक, परिचय पत्र, एउटा किताब र एफोर साइजको खाली कागज लिएर आउन आह्वान गरिएको छ।

प्रधानमन्त्री भइसकेका नेताहरूमाथि लागेको भ्रष्टाचारको आरोपमा कानुनी कारबाही नहुँदा जनतामा असन्तुष्टि बढिरहेको छ। सामाजिक सञ्जालमा पनि टिकटक लगायतका प्लेटफर्ममा नेताहरू र उनका छोराछोरीको विलासी जीवनशैलीप्रति आलोचना भइरहेको छ।

नेपालमा केही सामाजिक सञ्जाल बन्द गरिए पनि टिकटक र भाइबर जस्ता एपहरू भने अझै सञ्चालनमा छन्। जेनजी पुस्ताले देशमा सुशासन र रोजगारी सिर्जनाको वातावरणको माग गर्दै प्रदर्शन गर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?