मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कोशी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य स्थानमा रहेकाले हाल देशभर आंशिकदेखि साधारण बदली देखिएको छ।

सिक्किम आसपासको निम्नचापीय प्रणालीको प्रभाव विशेषगरी नेपालको पूर्वी भागमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पहाडी क्षेत्रमा सामान्य बदली रहने र कोशी, बाग्मती तथा गण्डकीका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी र कर्णाली प्रदेशका पहाडमा भने एक–दुई ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

आज राति पनि कोशी, मधेस र पहाडी भूभागमा मध्यम वर्षा हुने तथा कोशी तराईका केही स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?