मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के बेलाबेलामा उपवास बस्दा मुटु रोगको जोखिम बढ्छ ?

काठमाडौँ – पछिल्लो समय लोकप्रिय डाइट ट्रेन्डका रूपमा रहेको अन्तराल उपवास (Intermittent Fasting) ले तौल घटाउन सहयोग पुर्‍याउने भनिए पनि, यसले मुटु रोगको जोखिम बढाउने एक अध्ययनले चेतावनी दिएको छ। अध्ययन अनुसार, १६ घण्टासम्म उपवास बस्ने व्यक्तिहरूमा हृदयघातबाट मृत्यु हुने जोखिम १३५ प्रतिशतले बढ्ने देखिएको छ।

‘Diabetes and Metabolic Syndrome: Clinical Research and Reviews’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित उक्त अध्ययनमा करिब १९ हजार व्यक्तिको खानपान बानी विश्लेषण गरिएको हो। सहभागीहरूलाई खाना खाने समयको आधारमा विभाजन गरी, उपवासको प्रभावको विश्लेषण गरिएको थियो।

पोषणविद्का अनुसार, धेरैजसो व्यक्ति १६ घण्टा उपवास गर्छन्, तर बाँकी ८ घण्टामा अस्वस्थ, प्रशोधित वा भुटेका खानेकुरा सेवन गर्छन्। यस्ता खाद्य वस्तुले रक्तचाप र कोलेस्ट्रोल बढाउने सम्भावना रहन्छ, जसले मुटुमा प्रतिकूल असर पुर्‍याउँछ।

गलत तरिकाले उपवास गर्दा टाउको दुख्ने, चक्कर लाग्ने, इलेक्ट्रोलाइट असन्तुलन, निर्जलीकरण, रक्तचिनी असन्तुलन जस्ता समस्या देखिन सक्छन्। विशेषगरी मधुमेह, हृदय रोग वा एरिथमिया भएका व्यक्तिका लागि यस्तो डाइट जोखिमपूर्ण हुनसक्छ।

को–कोले उपवास गर्नुहुँदैन ?

विशेषज्ञहरूका अनुसार निम्न वर्गका व्यक्तिहरूले अन्तराल उपवास गर्नुहुँदैन:

हृदय रोग वा मधुमेह भएका व्यक्ति

गर्भवती महिला तथा स्तनपान गराइरहेका आमा

वृद्ध व्यक्तिहरू, जसमा इलेक्ट्रोलाइट असन्तुलनको जोखिम हुन्छ

उपवास गर्नु अघि आहारविद्को सल्लाह लिन सुझाव दिएकी छन्। उनका अनुसार, शरीरको संरचना र स्वास्थ्य अवस्था हेरी मात्र उपयुक्त डाइट निर्धारण गर्नुपर्छ।

उपवास गरिरहेका व्यक्तिहरूले आफ्नो आहारमा फलफूल, सागसब्जी, बदाम, सम्पूर्ण अन्न, र हाइड्रेशन को ख्याल गर्नुपर्नेमा पोषणविद्को जोड छ। साथै, फास्ट फूड र प्रशोधित खानेकुराबाट टाढा रहनु उपयुक्त हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?