मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अर्जेन्टिनाको भेनेजुएलामाथि शानदार जित

काठमाडौँ- अर्जेन्टिनाले दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौटमा भेनेजुएलामाथि शानदार जित हासिल गरेको छ।

शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा अर्जेन्टिनाको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए। भने लाउतारो मार्टिनेजले पनि १ गोल गरे।

खेलको ३९औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ७६औं मिनेटमा लाउतारोले गोल गरे। ८०औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको ३-० को जित पक्का गरे।

यो जितपछि अर्जेन्टिनाको १७ खेलबा ३८ अंकसहित शीर्ष स्थानमा छ। अर्जेन्टिना यसअघि नै विश्वकपमा छनाेट भएको छ। अर्जेन्टिनाले आफ्नो अन्तिम खेल सेप्टेम्बर ९ मा इक्वेडरसँग खेल्ने तालिका छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?