काठमाडौँ – काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले राजधानीवासीलाई लक्षित गर्दै ‘ध्वनि, धुवा र फोहरमुक्त छिमेकी अभियान’ अन्तर्गत नयाँ निर्देशन सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार, राति अबेरसम्म ठूलो स्वरमा गफगाफ गर्नु, गेट ढक्ढक्याउनु वा ढोका बेल बजाउनु, अनावश्यक रूपमा संगीत बजाउँदै नाचगान गर्नु, र भान्सामा भाँडाकुँडा बजाएर आवाज निकाल्नु अब निषेध गरिएको छ।
त्यसैगरी, प्रेशर कुकरको सिट्ठी राति अबेर वा बिहान सबेरै नबजाउन आग्रह गरिएको छ। व्यायामका क्रममा अत्यधिक खोक्ने वा खकार्ने कार्य नगर्नसमेत प्रहरीको अनुरोध छ।
सवारी चालकका लागि बिहान सबेरै ठूलो आवाजमा इन्जिन स्टार्ट नगर्नु, तथा यस्ता सवारी साधनलाई आवासीय क्षेत्रभन्दा बाहिर लगेर मात्र स्टार्ट गर्नु पनि निर्देशनमा उल्लेख गरिएको छ।
प्रहरीले उक्त निर्देशन शान्त, सुरक्षित र सहिष्णु शहरी वातावरण कायम गर्न र ध्वनि प्रदूषण नियन्त्रण गर्न जारी गरेको जनाएको छ। उक्त निर्देशन काठमाडौँ उपत्यकाका तीनै जिल्ला – काठमाडौँ, ललितपुर र भक्तपुर मा लागू हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया