मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दीपिका पादुकोणको ‘किलर लुक’ देखेर रणवीर सिंह फिदा

जोयनेपाल
143
Shares

काठमाडौँ – बलिउडकी सुपरस्टार दीपिका पादुकोण फेरि एकपटक आफ्नो स्टाइल र ग्ल्यामरस लुकले चर्चामा छाएकी छिन्। फ्रान्समा आयोजित प्रतिष्ठित LVMH पुरस्कार समारोहमा सहभागी हुँदै दीपिका भारतबाट निर्णायक बन्ने पहिलो सदस्य बनिन्। उनले कार्यक्रममा देखाएको ‘किलर लुक’ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

दीपिकाले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका तस्बिरहरूमा उनी पूर्ण रूपमा स्टाइलिस, आत्मविश्वासी र ग्लोबल फेसको रूपमा देखिन्छिन्। उनका फ्यानहरू मात्र होइन, पति रणवीर सिंह पनि फिदा भएका छन्। उनले पोस्टमा कमेन्ट गर्दै लेखे — “Hot mama 🔥” । रणवीरको कमेन्ट अहिले सोशल मिडियामा भाइरल भइरहेको छ, फ्यानहरूले पनि यसलाई निकै मन पराइरहेका छन्।

दीपिकाको यो उपस्थिति विशेष मात्र होइन, ऐतिहासिक पनि हो। उनी LVMH पुरस्कारको निर्णायक मण्डलमा समावेश हुने पहिली भारतीय महिला बनेकी छिन्। २०२२ मा लुइस भिटन र कार्टियर जस्ता लक्जरी ब्रान्डले दीपिकालाई ग्लोबल ब्रान्ड एम्बेसडरका रूपमा अनुबन्ध गरेका थिए। दीपिका अहिले ग्लोबल फेस बनिसकेकी छन्, जसले भारतीय सिने जगतको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा बढाइरहेकी छिन्।

दीपिका र रणवीर सिंह गत वर्ष सेप्टेम्बर ८, २०२४ मा आमाबुबा बनेका थिए। उनीहरूले आफ्नी छोरीको नाम ‘दुआ’ राखेका छन्। छोरीको जन्मपछि दीपिका सन्तुलित रूपमा आफ्नो पारिवारिक र व्यावसायिक जीवनलाई अघि बढाइरहेकी छिन्।

दीपिका चाँडै नै निर्देशक एटलीको बहुप्रतिक्षित फिल्म AA22XA6 मा देखा पर्नेछिन्। यसमा उनका सह-कलाकार हुनेछन् साउथ सुपरस्टार अल्लु अर्जुन। साथै, दर्शकहरू उनलाई ब्लकबस्टर फिल्म ‘कल्की २८९८ एडी’ को दोस्रो भागमा पनि हेर्न उत्सुक छन्।

रणवीर सिंह र दीपिका पादुकोण बलिउडको सबैभन्दा चर्चित जोडीमध्ये पर्छन्। रणवीर सधैं दीपिकाको काम र व्यक्तित्वप्रति गर्व महसुस गर्ने देखिन्छन्। “हट मामा” भन्ने उनको कमेन्टले फ्यानहरूलाई रमाइलो मात्र हैन, सम्बन्धमा रहेको “स्नेह र समर्थन” पनि झल्काएको छ।