मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एएफसी यू–२३ छनोटमा नेपाल ४–० ले ताजिकिस्तानसँग पराजित

काठमाडौँ– एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह ‘के’को पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ४–० ले पराजित भएको छ।

ताजिकिस्तानका फरवार्ड मुहम्मद अली अजिजबोएभले दुई गोल गरे भने रहमत्शोह रमात्जोदा र देलर शारिपोभले समान एक गोल थपे। पहिलो हाफमा एक गोलले अगाडि रहेको ताजिकिस्तानले दोस्रो हाफमा थप तीन गोल गर्दै जित पक्का गर्‍यो।

अजिजबोएभले ३९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ५८औँ मिनेटमा अर्को गोल थपे। त्यसपछि निर्धारित समय सकिनै लाग्दा रमात्जोदाले बल जालीमा पठाए। इन्जुरी समयमा शारिपोभले थप गोल गर्दै अन्तर ४–० पुर्‍याए।

खेलको अन्त्यतिर फ्लडलाइटमा समस्या आउँदा केहीबेर खेल रोकिन पुगेको थियो। त्यसपछि नेपालले खेलमा आफ्नो नियन्त्रण गुमाएको देखियो र ताजिकिस्तानले थप सहज अवसर पाए।

यसअघि बुधबारै सम्पन्न अर्को खेलमा सिरियाले फिलिपिन्सलाई २–१ ले हराएको थियो। नेपालले शनिबार दोस्रो खेलमा सिरियासँग भिड्नेछ। यो खेलमा हार बेहोरे नेपालका लागि यू–२३ एसियन कपमा पुग्ने सम्भावना समाप्त हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?