मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल आइडल’ सिजन ६ को उपाधि आज घोषित हुँदै, पाँच फाइनलिस्ट भिड्दै

काठमाडौँ – लोकप्रिय रियालिटी शो ‘नेपाल आइडल’ को छैटौं सिजनले आज विजेता घोषणा गर्दैछ। पाँच फाइनलिस्टबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ।

गंगा सोनाम, दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगर उपाधिका दाबेदारको रूपमा अन्तिम प्रतिस्पर्धामा उत्रिएका हुन्।

कार्यक्रमको आयोजकका अनुसार विजेताले २५ लाख रुपैयाँ, फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। फिनाले कार्यक्रममा टप १२ प्रतियोगीहरूले विशेष प्रस्तुति दिने जनाइएको छ।

कार्यक्रमको रेड कार्पेट सेसन बेलुका ५ बजेदेखि सुरु हुनेछ। ‘नेपाल आइडल’ को प्रसारण एपीवान टिभीमार्फत भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?