मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दशैंका लागि भदौ २९ देखि नयाँ नोट सटही सुरू हुने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आउँदो दसैं पर्वका लागि नयाँ नोट (सुकिला नोट) सटही भदौ २९ गतेदेखि सुरु हुने जनाएको छ। राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणले नयाँ नोट साट्न सक्ने जानकारी गराएको हो।

नयाँ नोट सटही सुविधा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलीसहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयहरूमा उपलब्ध हुने सूचनामा उल्लेख छ।

त्यसैगरी राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट पनि नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको छ।यस वर्ष विजया दशमी असोज १६ गते परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?