काठमाडौँ – देशभर जापानिज इन्सेफलाइटिस (JE) को संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका अनुसार हालसम्म १०३ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २० जनाको मृत्यु भइसकेको छ।
शाखा प्रमुख डा. अभियान गौतमका अनुसार मृतकमध्ये ७० प्रतिशतभन्दा बढी १५ वर्षभन्दा माथिको उमेर समूहका छन्। संक्रमितमध्ये अधिकांशले खोप नलगाएको पाइएको उनले जानकारी दिए। “संक्रमण खोप नलगाएका व्यक्तिमा बढी देखिएको छ,” डा. गौतमले भने।
१४ जिल्लामा मृत्यु, संक्रमण फैलिने जोखिम कायमै
संक्रमणबाट अहिलेसम्म मृत्यु भएका जिल्लाहरूमा झापा, मोरङ, तेह्रथुम, बारा, सिन्धुली, अर्घाखाँची, प्यूठान, दाङ, बर्दिया, कैलाली, रौतहट, नवलपरासी पूर्व, चितवन र नवलपरासी पश्चिम रहेका छन्।
लामखुट्टेको टोकाइबाट सर्ने, मस्तिष्कमा असर
क्युलेक्स प्रजातिको लामखुट्टेबाट सर्ने जापानिज इन्सेफलाइटिसले मस्तिष्कमा गम्भीर संक्रमण गराउने र उचित समयमा उपचार नपाए ज्यानै जाने खतरा हुने चिकित्सकहरू बताउँछन्।
स्वास्थ्य विज्ञहरूले संक्रमण नियन्त्रणका लागि खोप लगाउने, लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू अपनाउने, र प्रभावित क्षेत्रमा सचेतना कार्यक्रमहरू चलाउनुपर्नेमा जोड दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया