मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ऋतिक रोशन अब फिल्म निर्देशनमा देखिने, कृषको मास्क निर्माणको यस्तो छ रोचकता

मुम्बई – यसपटक फराह खान आफ्नो भ्लग सिरिजका लागि चर्चित फिल्म निर्माता तथा अभिनेता राकेश रोशनको घर पुगेकी छिन् । यस गृह भ्रमणमा उनले राकेश रोशनसँग उनको निर्देशन करियर र यससँग सम्बन्धित कथाहरूका बारेमा पनि कुराकानी गरेकी छिन् ।

सो क्रममा चलचित्र निर्माता राकेश रोशनले क्रिसको चर्चित वैक्स मास्कको पछाडि लुकेको रहस्य खुलाएका छन्। ‘वास्तवमा यो मास्क बनाउन त्यति सजिलो थिएन, ६ महिना लाग्यो, मास्कको डिजाइनमा यति धेरै हेरचाह गरिएको थियो कि सेटमा ऋतिक रोशनको भन्दा बढी हेरचाह मास्कको गरिएको थियो,’ उनले भने ।

राकेश रोशनले ऋतिकको तस्बिरसँग कुन डिजाइन मिल्ने भन्ने निर्णय गर्न कसरी आफू र उनको टोलीले यो मास्क बनाउन मात्रै ६ महिना खर्च गरेको बताए। यस प्रक्रियामा मास्क, आउटफिट र अन्य सबै विवरणहरूमा अत्यधिक ध्यान दिइएको थियो ताकि कृषको प्रतिष्ठित लुक उत्तम देखियोस् ।

सबैभन्दा खास कुरा यो थियो कि मास्क मौरीको ‘मैन’ ले बनेको हुनाले गर्मीमा पग्लने खतरा थियो। सुटिङका ​​क्रममा यो मास्क सुरक्षित राख्न सेटमा २४ सै घण्टा एसी बसको व्यवस्था गरिएको थियो । उनले फराह खानको भ्लगमा यो कुरा सेयर गरेका थिए ।

यससँगै राकेश रोशनले कृष ४ मा सुपरस्टार ऋतिक रोशनले नायकको मात्र नभई निर्देशकको भूमिका पनि निर्वाह गर्ने जानकारी दिएका छन् । यशराज फिल्म्स र राकेश रोशनको ब्यानरमा बनेको यो फिल्मको अर्को भागको निर्माण सन् २०२६ को शुरुमा सुरु गर्ने योजना रहेको खुलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?