मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘यस वर्ष तिमी बिना घर अधुरो लाग्छ’ — बप्पालाई नल्याएकोमा शिल्पा शेट्टी भावुक

काठमाडौँ – आजको गणेश चतुर्थीमा बलिउड अभिनेत्री शिल्पा शेट्टीले २२ वर्ष पुरानो परम्परा तोड्दै गणपति बप्पालाई आफ्नो घरमा नल्याएकी छन्। सामाजिक सञ्जालमा भावुक हुँदै उनले लेखेकी छन्, “यस वर्ष घर तिमी बिना अधुरो लाग्छ, तर मन तिम्रो आशीर्वादले भरिएको छ।”

हरेक वर्ष धुमधामका साथ मनाइने यो पर्वमा शिल्पा र उनको परिवारले नाचगान गर्दै बप्पाको स्वागत गर्थे। तर यस पटक परिवारमा कसैको निधन भएपछि उनीहरूले १३ दिनसम्म शोक मनाउने निर्णय गरेकाले परम्परा त्याग्नुपरेको उनले बताएकी छन्।

सोमबार (२५ अगस्ट) उनले सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै लेखेकी छन्, “प्रिय साथीहरू, परिवारमा दुःखद घटना भएर हामी यस वर्ष गणेश उत्सव मनाउन सक्दैनौं। हामी तपाईंहरूको सहानुभूति र प्रार्थनाको अपेक्षा गर्छौं।”

उनले सेयर गरेको पुराना उत्सवका रमाइला पलहरू भएको भिडियोमा उनी परिवारसँग आरती गर्दै र विसर्जनको क्रममा नाच्दै देखिन्छिन्। फ्यानहरूले शिल्पालाई ‘गणपति बप्पा मोरया’ भन्दै समर्थन र श्रद्धा व्यक्त गरेका छन्।

बलिउडमा शिल्पा शेट्टीको यो भावना र पारिवारिक प्रतिबद्धताले सबैलाई भावुक बनाएको छ। यो वर्ष भने गणेश उत्सव शान्तिपूर्ण रूपमा मनाउने निर्णयले परिवारको मायाको गहिराइ दर्शाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?