मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

करिश्मा मानन्धरको तीज सन्देशः “महिला समाजको आधारस्तम्भ हुन्”

काठमाडौँ – नेपाली चलचित्रकी सदाबहार सुन्दर अभिनेत्री करिश्मा मानन्धरले हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै नारी शक्ति, साहस र स्वतन्त्रतालाई सम्मान गर्न आह्वान गरेकी छन्।

मानन्धरले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “परम्परा र संस्कृतिसँगै यो पर्वले नेपाली महिलाको पीडा मात्र होइन, उनीहरूको शक्ति, साहस र स्वतन्त्रताको यात्रालाई पनि उजागर गरोस्। यो उत्सवले बुझाओस्— महिला संस्कृतिको आभूषण मात्र होइनन्, समाजको आधारस्तम्भ हुन्।”

उनले थपिन्, “तीज केवल सांस्कृतिक पर्व मात्र होइन। यसले समाजमा महिलाको योगदान, अधिकार र सशक्तिकरणको महत्वलाई स्मरण गराउँछ। महिलाको सम्मान र सशक्तिकरण बिना समाजको वास्तविक विकास सम्भव छैन। हाम्रो संस्कृति र परम्पराले पनि यसलाई आत्मसात् गर्नुपर्छ।”

मानन्धरको यो सन्देश सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धेरैले महिलाको भूमिकाबारे चर्चा गर्दै नारी सशक्तिकरणलाई अझै सबल बनाउनुपर्ने आवाज उठाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?