मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकाले भोलिदेखि भारतमा ५० प्रतिशत ट्यारिफ लगाउँदै

काठमाडौँ। अमेरिकाले भारतबाट हुने आयातमा २५ प्रतिशत थप ट्यारिफ लागू गर्ने आधिकारिक घोषणा गरेको छ। नयाँ ट्यारिफ भारतीय समयअनुसार २७ अगस्ट बिहान ९:३१ बजेदेखि लागू हुने जनाइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट ६ मा भारतले रूसबाट तेल खरिद गरेको कारणलाई आधार मानेर भारतमाथि जरिवानाको रूपमा यो ट्यारिफ लगाउने निर्णय गरेका थिए। यसअघि उनले व्यापार घाटा कम गर्ने उद्देश्यले अगस्ट ७ देखि भारतीय वस्तुमा २५ प्रतिशत ट्यारिफ लागू गरिसकेका थिए।

यसरी हाल भारतीय वस्तुहरूमा कुल ५० प्रतिशतसम्म ट्यारिफ लागू हुने भएको छ। अमेरिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘सूचीमा उल्लेखित वस्तुहरूमा तोकिएको शुल्क लाग्नेछ। यी वस्तुहरू अमेरिकामा प्रयोगका लागि ल्याइने वा गोदामबाट निकालिने अवस्थामा समेत लागू हुनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?