मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य भन्दा दक्षिणतिर सरेको र पश्चिमतर्फ सरदर स्थानमै रहेको छ।

यसको प्रभाव स्वरूप अहिले देशका अधिकांश पहाडी भागमा सामान्यतया बादल लागिरहेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको स्थिति छ। गण्डकी र कर्णाली प्रदेशका केही पहाडी इलाकामा तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशका पहाडी भूभागमा सामान्यतया बदली रहने र बाँकी स्थानमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ। यस अवधिमा कोशी र सुदूरपश्चिम प्रदेशसँगै अन्य पहाडी क्षेत्रमा मध्यम खालको वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ। तराईका केही भागमा पनि वर्षा पर्ने संकेत छ।

यस्तै, आज राति समेत पहाडी क्षेत्रमा सामान्यतया बादल रहने र अन्य भूभागमा आंशिक बदली रहने देखिएको छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा र बाँकी भूभागका छिटफुट ठाउँमा मध्यम वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना उच्च भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?