मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘जेरी : अन टप’को टिजरमा रोमाञ्च, संवेदना र सम्बन्धको गहिरो चित्रण

काठमाडौँ – अभिनेता अनमोल केसी अभिनीत नयाँ नेपाली फिल्म ‘जेरी : अन टप’ को टिजर सार्वजनिक गरिएको छ। निर्देशक सुयोग गुरुङ निर्देशित फिल्मको टिजरले सगरमाथा आरोहण, प्रेम, विश्वासघात र पारिवारिक सम्बन्धको कथालाई प्रस्तुत गरेको छ।

झण्डै दुई मिनेट लामो टिजर सगरमाथा आरोहणको दृश्यसँग सुरु हुन्छ। टिजरमा रोमाञ्चकता, संवेदनशीलता, भावनात्मक उतार–चढाव तथा आत्मअन्वेषण झल्किएको छ। दृश्य सम्पादन, छायांकन र प्रोडक्सन भ्यालु उत्कृष्ट देखिएको टिजरमा फिल्मको कथा ‘लार्जर देन लाइफ’ शैलीमा चित्रण गरिएको छ।

फिल्ममा अनमोल केसीसँगै जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’, भुवन केसी र उषा खड्गीको अभिनय रहेको छ। भुवन केसीले अनमोलको पिताको भूमिका निभाएका छन्।

फिल्मको कथा हेमराज बीसीले लेखेका हुन् भने निर्माण रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले गरेका हुन्। ‘जेरी : अन टप’ लाई सरोज न्यौपानेले प्रस्तुत गरेका छन्।

रोमान्टिक ड्रामा विधामा तयार भएको फिल्मको छायांकन सगरमाथा क्षेत्र, मुस्ताङ, काठमाडौं र भारतको जयपुरमा गरिएको हो।

निर्माण पक्षका अनुसार ‘जेरी : अन टप’ तिहारको अवसर पारेर ३१ असोज (१७ अक्टोबर) मा देशभर प्रदर्शनमा आउनेछ। टिजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको उत्साह र अपेक्षा बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?