मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘अपाङ्गता भएकाको मजाक’ प्रकरणमा हास्य कलाकारलाई युट्युबमा माफी माग्न अदालतको आदेश

नयाँ दिल्ली – अपाङ्गता भएका र गम्भीर रोग पीडित व्यक्तिमाथि गरिएको मजाकका कारण विवादमा तानिएका हास्य कलाकार समय रैना लगायत पाँच जनालाई सर्वोच्च अदालतले कडा निर्देशन दिएको छ।

अदालतले उनीहरूलाई बिना शर्त माफी माग्न र सो माफी आफ्नै युट्युब च्यानल तथा अन्य डिजिटल प्लेटफर्महरूमा सार्वजनिक गर्न आदेश दिएको हो। अदालतले स्पष्ट रूपमा भनेको छ कि, अबदेखि यस्ता विषयमा मजाक नगरिने मात्र होइन, आफ्ना कार्यक्रममार्फत अरूलाई पनि सचेत गराउनु पर्नेछ।

सर्वोच्चको आदेशमा समय रैना, विपुन गोयल, बलराज घई, सोनाली ठक्कर र निशान्त तन्वरलाई व्यक्तिगत रूपमा अदालतमा उपस्थित हुन आवश्यक नरहेको उल्लेख भए पनि, उनीहरूले डिजिटल माध्यमबाट माफी माग्नै पर्ने उल्लेख गरिएको छ।

‘इन्डियाज गट लेटेन्ट शो’ नामक कार्यक्रमभित्र गरिएको प्रस्तुतिमा अपाङ्गता भएका व्यक्तिको मजाक गरिएको आरोप लागेको थियो। सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि सो विषयमा कानुनी कारबाहीको माग गर्दै क्युर एसएमए फाउन्डेसन अफ इन्डियाले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।

उक्त संस्था स्पाइनल मस्कुलर एट्रोफी (SMA) का बिरामीहरू र तिनका परिवारको हकहितमा काम गर्ने गैरसरकारी संस्था हो।सुनुवाइका क्रममा केन्द्र सरकारका तर्फबाट महान्यायाधिवक्ता आर. वेंकटरमणिले यस्तो खालको सामग्री नियमन गर्न नयाँ दिशानिर्देश बनाउने प्रतिबद्धता व्यक्त गरे।

न्यायाधीश सूर्यकान्तले भने, “दिशानिर्देश केवल यो एक घटनाका आधारमा बनाइनु हुँदैन, व्यापक रूपमा विज्ञहरूको राय लिएर नीति निर्माण गरिनुपर्छ।” यो प्रकरणले हालसालै सामाजिक सञ्जालमा चर्चामा रहेको एउटा पुरानो प्रश्न उठाएको छ – “कमेन्डीको सीमा कति?”

युट्युबर रणवीर इलाहाबादियासमेत संलग्न सो कार्यक्रममा शारीरिक असक्षमता भएका व्यक्तिमाथि गरिएको टिप्पणीलाई दर्शकले अपमानजनक मानेका थिए। त्यसपछि सामाजिक संजालमा आलोचनासँगै कानुनी प्रक्रिया अगाडि बढाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?