मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गोविन्दा–सुनिता सम्बन्धविच्छेदको चर्चा फेरि तीव्र, म्यानेजर र वकिलले दिए स्पष्टीकरण

मुम्बई – बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबीच सम्बन्धविच्छेदको चर्चा फेरि एकपटक तीव्र भएको छ। केही मिडिया रिपोर्टहरूमा सुनिताले बान्द्रा पारिवारिक अदालतमा सम्बन्धविच्छेदको निवेदन दर्ता गराएकी र गोविन्दामाथि अन्य महिलासँग सम्बन्ध राखेको आरोप लगाएको उल्लेख गरिएको छ। तर गोविन्दासँग नजिक रहेका स्रोतहरूले यो समाचारलाई आधारहीन भनेका छन्।

गोविन्दाका म्यानेजरले समाचार एजेन्सी एएनआई सँग कुरा गर्दै भने: “सम्बन्धविच्छेदसँग सम्बन्धित जुनसुकै खबरहरू अहिले बाहिर आइरहेका छन्, ती सबै पुराना घटनाहरूमा आधारित छन्। हाल गोविन्दा र सुनिताबीच सबै कुरा ठीकठाक छ।” उनले थप स्पष्ट पारे, “हामी चाँडै नै आधिकारिक बयान जारी गर्नेछौं। अहिलेको स्थिति चिन्ताजनक होइन। केही व्यक्तिहरूले यस्ता झूटा खबरहरू फैलाएर फाइदा उठाउन खोजिरहेका छन्।”

गोविन्दाका वकिल ललित बिन्द्राले पनि यो विषयमा प्रतिक्रिया दिंदै सम्बन्धविच्छेदको कुनै नयाँ मुद्दा नभएको दाबी गरेका छन्। “सबै कुरा मिलिसकेको छ। गोविन्दा र सुनिता दुबैले परिवारसँग गणेश चतुर्थी मनाउने तयारी गरिरहेका छन्। सुनिता हाल पर्वको तयारीमा व्यस्त छन्,” उनले NDTV सँग भने।

गोविन्दा र सुनिताको सम्बन्धविच्छेदको चर्चा यसअघि पनि गत वर्ष डिसेम्बरमा उठेको थियो। डिसेम्बर ५ मा सुनिताले अदालतमा निवेदन दर्ता गराएको बताइएको थियो। तर केही समयपछि उनले आफैंले मिडियामा दिएको अन्तर्वार्तामा: “म र गोविन्दालाई कोही पनि अलग गर्न सक्दैन,” भन्दै विवादको खण्डन गरेकी थिइन्।

‘हटरफ्लाइ’ नामक अनलाइन मिडियाले गोविन्दामाथि व्यभिचार र क्रूरताको आरोप रहेको दाबी गर्दै सम्बन्धविच्छेदको खबर प्रकाशित गरेको थियो। तर दैनिक भास्करले गोविन्दासँग नजिकका स्रोतलाई उद्धृत गर्दै उक्त खबरलाई “आधारहीन” भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?