काठमाडौं- गत वर्ष रिलिज भएको तीज गीत ‘म त ढलेँ ढलेँ’ले एक वर्ष बितिसक्दा पनि युट्युबमा करोडौं दर्शकको मन जित्न सफल भएको छ।
शनिबार सार्वजनिक तथ्यांक अनुसार, गीतले १० करोड भ्यूज पार गरेको छ। गीतमा खेम सेन्चुरीको संगीत, नेत्र अर्यालका शब्द, र शान्तरानी परियारको स्वर रहेको छ।
हाल अस्ट्रेलियामा सांगीतिक टूरमा रहेका संगीतकार सेन्चुरी र गायिका परियारले यो उपलब्धिको लागि दर्शक र समर्थकहरूलाई धन्यवाद दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया