मुम्बई-बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनितासँग सम्बन्धित सम्बन्धविच्छेदको समाचारले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ। यस विषयमा सुनिताले आफ्नै युट्युब भ्लगमार्फत हल्लालाई स्पष्ट गरेपछि चर्चाको दायरा अझ फैलिएको थियो।
तर उनीहरूको छोरी टीना आहुजाले ती समाचारलाई ‘पूर्ण अफवाह’ मात्र भएको स्पष्ट पारेकी छिन्। उनले भनिन्, “म यस्ता अफवाहमा ध्यान दिँदिन। मेरो परिवारप्रति गर्व छ र मिडिया, शुभचिन्तक तथा प्रशंसकको माया र समर्थनको लागि म आभारी छु।”
त्यसैबीच गोविन्दा शुक्रबार साँझ मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका थिए। सेतो पोशाकमा सजिएका उनी सहज र तनावमुक्त देखिन्थे।
रिपोर्ट अनुसार, सुनिताले गत डिसेम्बर ५, २०२४ मा बान्द्रा परिवार अदालतमा सम्बन्धविच्छेदको निवेदन दायर गरेकी थिइन्। उनले हिन्दू विवाह ऐन, १९५५ को धारा १३(१) अनुसार व्यभिचार, क्रूरता र परित्यागको आधारमा मुद्दा दायर गरेकी थिइन्। अदालतले गोविन्दालाई पनि बोलाएको भए तापनि मे २०२५ सम्म उनी उपस्थित भएनन्। जुन २०२५ देखि उनीहरू अदालतको आदेश अनुसार परामर्शमा छन्।
गोविन्दाका वकिल ललित बिन्दलले फेब्रुअरी २०२५ मा भनेका थिए कि सुनिताले छ महिनाअघि सम्बन्धविच्छेदको निवेदन दायर गरेकी थिइन्। तर अहिले उनीहरूको सम्बन्धमा सुधार आएको छ र दुवै सँगै बस्ने तयारीमा छन्। सुनिताले अप्रिल २०२५ मा अफवाहहरू खारेज गर्दै भनेकी थिइन्, “हामी आफैंले केही नभन्दासम्म कुनै समाचारमा प्रतिक्रिया नदिनु।”
गोविन्दा र सुनिता सन् १९८७ मा विवाह भएका थिए। उनीहरूको दुई सन्तान—टीना (छोरी) र यशवर्धन (छोरा) छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया