मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौँमा पर्वतेली दिदीबहिनीको तिज दर खाने कार्यक्रम

काठमाडौँ– पर्वतबाट आएका दिदीबहिनीहरूले राजधानीमा भव्य तिज दर खाने कार्यक्रम सम्पन्न गरेका छन्।

मौलिक नाचगानसहितका विविध सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा सहभागी दिदीबहिनीहरूलाई उल्लासमय वातावरण प्रदान गर्‍यो। पर्वतेली दिदीबहिनी समाजले आयोजना गरेको उक्त कार्यक्रममा दाजु-भाइहरूलाई ढाका टोपी, दिदीबहिनी माला र फूलको गुच्छाले सम्मानपूर्वक स्वागत गरिएको थियो।

संस्थाकी अध्यक्ष कल्पना चापागाईंले तिजको मौलिक संस्कृति जोगाउँदै दिदीबहिनीबीच एकता, आत्मीयता र सहकार्यलाई मजबुत बनाउनका लागि कार्यक्रम आयोजना गरिएको बताइन्। उनले यो संस्था नाफाभन्दा पर सामाजिक उद्देश्यका लागि मात्र क्रियाशील रहेको स्पष्ट पारिन्।

सो अवसरमा नेपाल बैंकका सीईओ तिलक पाण्डे, ग्लोबलका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी, वर्ल्ड पिस काउन्सिलका संयोजक रविन्द्र अधिकारी, गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसी, एनआरएनका पूर्व अन्तर्राष्ट्रिय अध्यक्ष कुल आचार्यसहित राष्ट्रिय कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?