मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ग्र्यामी विजेता र्‍यापर लिल नास एक्स प्रहरी नियन्त्रणमा

काठमाडौँ – प्रसिद्ध ग्र्यामी पुरस्कार विजेता र्‍यापरर मोन्टेरो लामार हिल, जसलाई लिल नास एक्सको नामले चिनिन्छ, लाई बिहीबार बिहान लस एन्जलसको भेन्चुरा बुलिभार्ड क्षेत्रमा प्रहरीले पक्राउ गरेको छ।

स्थानीय समयअनुसार बिहान करिब ५:३० बजे अर्धनग्न अवस्थामा सडकमा हिँडिरहेको खबरपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले दिएको विवरण अनुसार, लिल नास एक्सले अधिकारीहरूमाथि आक्रामक व्यवहार देखाएपछि उनलाई नियन्त्रणमा लिनुपर्ने अवस्था आएको थियो।

पक्राउपछि उनी सम्भावित ओभरडोजको उपचारका लागि अस्पताल लगिएका छन्। अमेरिकी गसिप साइट टीएमजिले सार्वजनिक गरेको अप्रमाणित भिडियोमा लिल नास एक्स कट्टु र काउब्वाई बुट लगाएर सडकमा नाचिरहेको र ‘पार्टीमा आउन’ बोलाउँदै गरेको देखिन्छ।

लिल नास एक्सले सन् २०१९ मा ‘ओल्ड टाउन रोड’ गीतमार्फत विश्वव्यापी सफलता प्राप्त गरेका थिए। उक्त गीतले दुईवटा ग्र्यामी पुरस्कार जितेको थियो र बिलबोर्ड हिट १०० चार्टमा १७ हप्ता लगातार शीर्ष स्थानमा रहँदै कीर्तिमान कायम गरेको थियो।

उनको दोस्रो एल्बम ‘ड्रिमब्वाई’ यसै वर्ष सार्वजनिक हुने तयारीमा छ। लिल नास एक्सले सामाजिक सञ्जालमार्फत एल्बमका केही गीतका झलकहरू टिजरको रूपमा प्रस्तुत गरिसकेका छन्। यो घटनाले उनलाई लिएर प्रशंसक र संगीत उद्योगमा ठूलो चर्चा चलिरहेको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?