काठमाडौँ – सलमान खानको होस्टमा सञ्चालन हुने चर्चित भारतीय रियालिटी शो बिग बोस को १९ औं संस्करणमा विश्वप्रसिद्ध खेल व्यक्तित्वहरूको सहभागिता हुने चर्चा तीव्र बनेको छ।
भारतीय मिडियाका अनुसार, वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट (WWE) का सुपरस्टार मार्क क्यालवे, अर्थात् द अन्डरटेकर, प्रतियोगीका रूपमा शोमा देखिन सक्ने चर्चा छ। उनी सिजनको वाइल्डकार्ड इन्ट्रीमार्फत प्रवेश गर्ने अनुमान गरिएको छ।
त्यस्तै, अमेरिकी बक्सर माइक टायसनलाई पनि बिग बोस १९ मा सहभागी गराउने प्रयास भइरहेको भारतीय मिडियाको दाबी छ। बम्बे टाइम्स का अनुसार, टायसन शोमा सातदेखि दस दिनसम्मको लागि देखिन सक्नेछन्। हाल टायसनका एजेन्ट र शो टिमबीच वार्ता भइरहेको बताइएको छ।
हालसम्म बिग बोस १९ का प्रतिस्पर्धीहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरिएको छैन। तर, इन्डिया टुडे र डब्लुडब्लुई लिग सर्भर लगायतका माध्यमले अन्डरटेकरको सहभागिता हुने सम्भावनाबारे रिपोर्ट गरेका छन्।
यदि यी दुवै चर्चित अनुहारको सहभागिता सुनिश्चित भयो भने, यो बिग बोसको इतिहासमै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहकार्य हुनेछ।
भारतमा मात्र नभई विश्वभर लोकप्रिय बिग बोस शोमा विश्वव्यापी सेलिब्रिटीहरूको सहभागिता हुने खण्डमा यसको दर्शक संख्या र लोकप्रियता अझ वृद्धि हुने निश्चित देखिन्छ।
अन्डरटेकर र टायसनको सहभागिता यदि औपचारिक रूपमा पुष्टि भयो भने, यो भारतीय रियालिटी टेलिभिजनको इतिहासमै सबैभन्दा ठूलो स्टार कास्ट मानिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया