काठमाडौँ- शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँ वृद्धि भएको छ।
महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको मूल्य तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ, जबकि बिहीबार यो मूल्य तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँ थियो।
यसैबीच चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ। बिहीबार तोलामा २ हजार २९० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया