मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बुसान फेस्टिभलमा नेपाली चलचित्र ‘सेप अफ मोमो’ छनोट

काठमाडौं- गौमाया गुरुङ अभिनीत नेपाली फिल्म ‘सेप अफ मोमो’ले अन्तर्राष्ट्रिय सफलता निरन्तर कायम राख्दै बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको भिजन एसिया खण्डमा छनोट भएको छ।

यसअघि फिल्मले कान्स फिल्म फेस्टिभलको कान्स मार्केटमा “हफ गोज टु कान्स” पुरस्कार जितिसकेको थियो। फिल्ममा पशुपति राई, श्यामाश्री शेर्पा र राहुल मुखियाले पनि अभिनय गरेका छन्।

फिल्मको कथा परिवारका पुरुष सदस्यको निधनपछि पीडित मुख्य पात्रले जागिर छोडेर परिवारमा फर्किएर बाँकी महिलालाई स्वतन्त्र र आत्मनिर्भर बनाउने यात्रामा आधारित छ।

यस वर्षको बुसान फेस्टिभल सेप्टेम्बर १७–२६ सम्म आयोजना हुँदैछ, जहाँ ७० देशका २४० फिल्म प्रदर्शन हुनेछन् र भिजन एसिया खण्डमा ११ फिल्म प्रस्तुत गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?